काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय भएको हो ।यद्यपि कांग्रेसले औपचारिक रूपमा भने निर्णय सार्वजनिक गरेको छैन।
राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिए पनि त्यसमाथिको छलफलमा भने अवरोध गर्ने जनाएको छ ।