सुर्खेत । सुर्खेतमा पाइने चटपटेकाे स्वाद विभिन्न प्रकारका छन्। बदाम, चना, आलुकाे स्वाद धेरैले लिइसकेका छन्। अब, सुर्खेतमा पाइने चटपटेको स्वादमा अब चिकेन स्वाद पनि थपिएको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिका स्थित यरीचोकमा तानिशा फास्ट फूड सञ्चालनमा आएको छ । शनिबार उक्त पसलको उद्घाटन समेत गरिएकाे छ ।
चटपटेमा चिकेन स्वाद मिलाएर नौलोपन दिन खोजिएको सञ्चालक पवित्रा भियालले बताईन् ।
नयाँपन सहितको स्वरोजगारमूलक व्यवसायका कारण युवाहरुको बिदेश पलायनको क्रमलाई कम गर्न प्रेरित हुने विश्वास व्यक्त गरिन् ।
कानून विषयमा अध्ययनरत् भियाल व्यवसायतर्फ पनि उन्मूख भएकी हुन् ।
थोरै लगानीबाट शुरु गरिएको पसलले विभिन्न स्वाद सहित भविष्यमा ठूलो लगानी हुनेमा जोड दिईन् ।