सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी भएका नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्। साेमबार केन्द्रकाे कांग्रेस-माओवादी गठबन्धन टुटेपछि उनिहरूले आज राजीनामा पेश गरेका हुन्।
तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्।
शर्मा माओवाादी केन्द्रबाट निर्वाचित सांसद हुन्।
कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका हुन्।