दैलेख। दैलेखको महाबु गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम प्रस्ताव गरेकाे छ। पालिकाको १७ औँ गाउँसभामा बजेट तथा कार्यक्रम पेश गरिएको हो।
उपाध्यक्ष मन्जु शर्मा पाण्डेले ४९ करोड ४० लाख ४२ हजार ७ सय २२ रुपैयाको बजेट पेस गरिन्। उनले चालु आब २०८१/८२ को हाल सम्मको यथार्थ आय व्यय र प्रगति समिक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन्।
आर्थिक सामाजिक, संस्थागत र पूर्वाधार विकास, शुसासनयुक्त समृद्ध महाबुको आधार भन्ने मूल ध्येयका साथ गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति कार्यक्रमलाई सफल पार्ने गरी बजेट ल्याईएको महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जानकारी दिए।