लायन्स कल्व अफ सुर्खेत काँक्रेविहारले शनिवार वुलेटिन बिमोचन गरेको छ। लायन्स बर्ष २०२४/२५ का अध्यक्ष शर्मिला शर्माको नेतृत्वले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधीहरु समेटेर वुलेटिन मार्फत सार्वजनिक गरेको हो।
क्लवले संयुक्त वृक्षारोपण, प्रशान्ती वृद्धाश्रममा भोजन, रक्तदान, खाद्यान्न वितरण, न्यानो कपडा वितरण लगायतका विभिन्न सामाजिक सेवाभावका कामहरु गर्दै समाज सेवामा पहल भइरहेकाो क्लवका अध्यक्ष शर्माले जानकारी दिइन्।
वुलेटिन विमोचन कार्यक्रममा दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका र कर्णाली प्रदेशका अन्य विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा विधार्थीलाई स्टेशनरी वितरण गर्ने योजना पनि घोषणा गरेको अध्यक्ष शर्माले जानकारी दिइन्।

कार्यक्रममा बोल्दै लाइन्स जिल्ला कमिटि सदस्य बासुदेब शर्माले क्लवका माध्यमबाट असहाय, विपन्न परिवारको लागि साहरा बनेर समाज सेवामा योगदान पुर्याएको भन्दै प्रसंशा गरे। उनले समाजमा आइपर्ने विभिन्न विपदमा समेत क्लवले सेवाभाव व्यक्त गरेको टिप्पणी गरे।
इलेक्टेड भिडीजी एमजेएफ लायन्स टिकाराम चपाईको प्रमुख आथित्यतामा वुलेटिन विमाेचन भएको हो। कार्यक्रममा बोल्दै उनले महिलाहरुले मात्रै नेतृत्व गरेको यो संस्थाले उल्लेखनीय काम गरेकोमा प्रसंसा गरे।
कार्यक्रममा सुर्खेत स्थित विभिन्न लायन्स कल्वमा आबद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो। विमोचन कार्यक्रम क्लवका सचिव जुनु खड्काले संचालन गरेकि थिइन्।
