भारत प्रशासित कश्मीरस्थित पहलगाममा बन्दुकधारीहरूले गरेको आक्रमणपछि भारतीय प्रहरी र सुरक्षा बलले जम्मू तथा कश्मीरमा केही घरहरू भत्काइदिएका छन्।
गत एप्रिल २२ मा पहलगामको बैसरण उपत्यकामा भएको उक्त हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। त्यसपछि भारतीय सुरक्षा निकायहरूले जम्मू तथा कश्मीरमा सुरक्षा कारबाही थालेको थियो।
सुरक्षाकर्मीहरूले अहिलेसम्म कश्मीरमा कम्तीमा १० वटा घर भत्काइदिएका छन्। सुरक्षाकर्मीले त्यसरी घर ध्वस्त पारिदिएका दुई परिवारसँग कुराकानी गरेको छ।
तीमध्ये एउटा आदिल हुसैन ठोकरको परिवार पनि छ। पहलगाम हमलापछि अनन्तनाग प्रहरीले तीन सन्दिग्धको रेखाचित्र सार्वजनिक गरेको थियो। त्यसमा आदिल हुसैन ठोकरको पनि थियो।