काठमाडौँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनमा शिक्षकहरूबिच नै विवाद र कुटपिट हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय केशवराज जोशी रहेका छन् ।
जिल्ला कैलाली धनगढी उप-महानगरपालिका-१ घर भएका जोशी धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा पढाउँछन् । प्रहरी वृत्त नयाँ बानेश्वारका अनुसार शनिबार दिउँसो करिब १ बजे बिजुलीबजारमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनमा आएका जोशी र अन्य शिक्षकबिच आपसी मतभेद भएको थियो ।
उनलाई अन्दाजी १५/२० जना शिक्षकहरूले कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाई छ । उनलाई तत्काल उपचारको लागि मिनभवनस्थित सिभिल अस्पतालमा ल्याएर उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा भए पनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।