सुर्खेत। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन नभएमा कर्णाली प्रदेशले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने जनाएका छन्। मंगलबार सुर्खेतको गुर्भाकोटमा आयोजित छैठौं चन्द्र स्मृति कप फुटबल प्रतियोगिताको समापन सत्रमा बोल्दै उनले संघीय सरकारद्वारा समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नेबारे अझै अनिर्णित भएको बताए।
कर्णालीको खेल क्षेत्रको विकास र प्रवर्धनका लागि खेलकुद गतिविधि सञ्चालन गर्न प्रदेशले राष्ट्रिय स्तरको खेल आयोजना गर्नु आवश्यक रहेको बताए।
साथै, जुम्ला र सुर्खेतमा फुटबल खेल गतिविधिहरु बढिरहेको भन्दै सोही अनुरुप पूर्वाधारमा लगानी भइरहेको जनाए।
मेहेलकुना फुटबल क्लवद्वारा आयोजित अध्यक्ष कपको अन्तिम खेल रोयल फुटबल क्लब वीरेन्द्रनगर र ईभि बहुउद्देश्यीय संस्था बडाखोली बीच भएको थियो।
खेल प्रतियोगितामा ५-१ गोलले रोयल क्लबले उपाधि हासिल गरेको छ। रोयल क्लबका तर्फबाट दीपेन्द्र सिंह ठकुरीले २ गोल, लक्षमण राना, श्याम बादि र धनसिंह विकले १-१ गोल बनाए भने इभिका तर्फबाट कमल मस्कीले १ गोल बनाउन सफल भए।

तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु