हार्वर्ड युनिभर्सिटीको फन्डिङ रोकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब करमा दिइएको छुट पनि फिर्ता लिने धम्की दिएका छन् ।
युनिभर्सिटीले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका माग पूरा नगर्ने बताएपछि ट्रम्पले कर छुट पनि फिर्ता लिने धम्की दिएका हुन् ।
ह्वाइट हाउसले गत हप्ता युनिभर्सिटी प्रशासन, भर्ना प्रक्रिया लगायतमा परिवर्तनको माग सम्बन्धी एक सूची पठाएको थियो । ह्वाइट हाउसले उक्त सूची युनिभर्सिटी अन्तर्गतका कलेजहरुमा यहुदी विरोधी भावनासँग लड्नका आवश्यक रहेको तर्क गरेको थियो ।
तर ती माग पूरा गर्न नसकिने जवाफ युनिभर्सिटीले दिएको थियो । ह्वाइट हाउसले आफ्नो नियन्त्रणमा लिने उद्देश्यले ती मागहरु राखेको आरोप युनिभर्सिटीले लगाएको थियो ।
त्यसपछि ट्रम्प प्रशासनले हार्वर्ड युनिभर्सिटीलाई दिइने दुई अर्ब अमेरिकी डलर सहायता कोष रोक्ने निर्णय गरेको थियो । राष्ट्रपति ट्रम्पले आफ्नो सोसल अकाउन्ट ट्रुथ सोसलमा अब युनिभर्सिटीलाई करमा छुट दिन नसकिने आसयको पोष्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘हार्वर्ड युनिभर्सिटीले एक राजनीतिक इकाइ जसरी ट्याक्स तिर्नुपर्छ । हार्वर्ड युनिभर्सिटीले ट्याक्सको राहतको दर्जा छोड्नुपर्छ ।’