कार्यसम्पादन मूल्याङ्कनमा दैलेखका ११ स्थानीय तहहरूमा महावु गाउँपालिका पहिलो स्थानमा आएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा दैलेखका स्थानीय तहहरूको नतिजामा महाबु गाउँपालिकाले सबैभन्दा उच्चतम अंक (६९.७) र कर्णाली प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा पालिकाले गर्ने काम कारबाहीबारे विभिन्न कोणबाट मूल्याङ्कन गर्ने गरिन्छ । कार्यसम्पादनमा मूल्याङ्कनमा महावु दैलेखकै पहिलो र कर्णालीको तेस्रो स्थानमा परेको महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । जनप्रतिनिधि, कर्मचारी लगायतको मेहेनतका कारण कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान ल्याएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।
कार्यसम्पादनको मूल्याङ्कन अनुसार पालिकालाई आउने अनुदान फरक फरक हुने गर्दछ । ११ स्थानीय तह रहेको दैलेखमा महावु पहिलो स्थानमा रहेको छ भने भैरवी गाउँपालिका अन्तिम स्थानमा रहेको छ । डुगेश्वर र ठाँटीकाँध दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने नौमुले १० औ स्थानमा रहेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको दैलेखको महावु गाउँपालिका मुकाम ।