काठमाडौँ । आज (सोमबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरूमा हल्का पानी र हिउँ पर्ने भएको छ ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीनै प्रदेश र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का पानी पर्ने सम्भावना रहेको छ । बाँकी प्रदेशहरूमा कतैकतै बादल लागे पनि मौसम मुख्यतया सफा हुने सम्भावना रहेको छ ।
महाशाखाले माघ २३ गते सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि जनाएको छ । साथै पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको विभागको भनाइ छ ।