काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा न्युजिल्यान्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिल पहिलो अर्धशतक बनाउने ब्याटर बनेका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेलमै अर्धशतक बनाएका हुन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरबाट गप्टिलले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरे।