काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले बैठकमा पेश गरे । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।
समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए । उनले ५५ जनासँग सोधपुछ गरेकाे जानकारी दिए । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनले जानकारी दिए ।
४० वटा सहकारीको वित्तीय विष्लेषण गरेको छन् । बचत तथा सहकारीमा सबैभन्दा बढी समस्या देखिएको सभापति थापाले बैठकमा जानकारी दिए ।
सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।
१४ वटा सुझाव दिएको सभापति थापाले जानकारी दिए । गोरखा मिडियाको रकमबारे ८ वटा सुझाव पेश गरेको जानकारी दिए । ‘सहकारीका सम्बन्धमा विवाह, सम्बन्ध विच्छेद, लेखपरीक्षण रिपोर्ट फेक छन्, इमानविपरीत काम गरिएका छन्’ सभापति थापाले भने ।
छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो ।