काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।
सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् । यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।
सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।