सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालयमा जंकफूड निषेध गरी रैथाने उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लिन आवश्यक रहेको बताएका छन्। कर्णालीमा कुपोषण समस्या चुनौतीको रूपमा रहेको जिकिर गर्दै उनले विद्यालय तहबाट सुधारोन्मुख गर्दै लिनुपर्ने बताएका हुन्।
कर्णालीमा एकीकृत पोषण कार्यक्रमका लागि सयुंक्त कार्ययोजना निर्माण कार्यशालाको समापन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले खाद्य सुरक्षा र पोषण कार्यक्रम एक अर्काका परिपुरक हुने भएकोले स्वस्थ जीवन निर्वाहका स्वच्छ तथा पोषणयुक्त खाना आवश्यक रहेको बताए।
नेपालले विगतभन्दा केही सुधार भएपनि सरकारको लक्ष्य अनुरुप कार्य गर्न चुनौती रहेको बताए। कर्णालीमा सडक पहुंच पछि खेती प्रणालीमा सुधार आएपनि खाद्य सुरक्षामा कमजोर रहेको बताए। आयातमुखी खाद्यमा निर्भर हुन परेको विद्यमान अवस्थालाई प्रष्ट पारे।
जलवायु परिवर्तन र त्यसले परेको असार बारे बताउँदै उनले अपेक्षित कृषि उत्पादनमा वृद्धि हुन नसकेको प्रष्ट्याए। बढ्दो खाद्य संकट अहिले ठूलो चुनौती रहेको धारणा व्यक्त गरे।
साथै, मुख्यमन्त्री कँडेलले पोषणयुक्त खानेकुरामा प्रवद्र्धनात्मक प्रचार प्रसारमा सहकार्य गर्न जरुरी भएको बताए।