काठमाडौं । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित बराबरी भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
६ राष्ट्र सम्मिलित प्रतियोगितामा श्रीलंका र माल्दिभ्स अंकविहीन हुँदै बाहिरिएका छन्। भारत र बंगलादेशबीचको सेमिफाइनल खेल भने भोलि हुने छ।