काठमाडौं । बंगलादेशी क्रिकेट टिमका अलराउन्डर साकिब अल हसनविरुद्ध हत्याको आरोपमा उजुरी दर्ता भएको छ । साकिबमाथि मृतक रुबेलका बुवा रफिकल इस्लामले हत्या आरोपसहित उजुरी दर्ता गरेका हुन् ।
रुबेलले ढाकास्थित अडाबोर प्रहरी चौकीमा उजुरी दर्ता गराएको बंगलादेशी सञ्चार संस्था ढाका ट्रिब्युनले जनाएको छ । ढाका ट्रिब्युनका अनुसार साकिब यस मुद्दाका २८औँ आरोपी हुन् । यस उजुरीका अन्य आरोपीमा बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनासँगै १५४ जना अन्य व्यक्ति पनि छन् ।
उजुरीअनुसार अगस्ट ५ मा भएको आन्दोलनमा रुबेल पनि सहभागी थिए । अडाबोर रिङ रोडमा भएको उक्त र्यालीमा एक व्यक्तिले पूर्वयोजनाअनुसार बन्दुक प्रहार गरेको र उक्त भिडमा रहेका रुबेलको छातीमा गोली लागि ढलेको उल्लेख छ ।
घटनामा घाइते भएका रुबेललाई अस्पताल पुर्याइए पनि अगस्ट ७ मा उनको मृत्यु भएको थियो ।