कर्णाली । कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहीद दिवसको सन्दर्भ बनाएर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैशाख २७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका कानून अधिकृत लिला ढकालले जानकारी दिए ।