व्यवस्था परिवर्तन भयो
यसकै लागि घाइते भए कोही
कोही-कोही बिस्थापित समेत भए
धेरैले साहादत प्राप्त गरेर सहिद भए
गोली र छर्रा शरीरभरि भएकाहरु
अझै मृत्युसंग लडेर बाचिरहेका छन
यति हुदा पनि अझै सकिएन लडाइँ
हाम्रो लडाइँ जारी छ…
हाम्रो लडाइँ न कांग्रेसका विरुद्ध हो
न कम्युनिष्टहरु विरुद्ध नै थियो
सामन्तवाद बिरुद्धको लडाइँ पनि सकियो
सामन्ती साेच समाजबाट अझै सकिएन
हाम्रो लडाइँ …
गरिबी विरुद्ध थियो
त्यसैले,
युबा स्वरोजगार कोष बनाइयो,
गरिबी निबारण कोष बन्यो
कार्यक्रमहरु बने, गरिबी निबारणका लागि
रकम बाडियो गाउमा
अझै गरिबी सकिएको छैन
गाउमा बहुआयामिक गरिबी बढ्दै छ
मिटर ब्याज पिडिहरु अझै आन्दोलनमै छन
सहकारी पिडितहरु सडक धर्नामा छन
यति मात्र होइन
एक छाक भातका लागि अझै जारी छ
जीवन मरणको लडाइँ
हाम्रो लडाइँ …
भ्रष्टाचार विरुद्ध थियो
शुन्य सहनशिलताको नीति लियौ
र भनियो भ्रष्टाचार गर्नु
आमाको रगत खानु बराबर हो भनेर
कसम खायौ
म भ्रष्टाचार गर्दिनँ भनेर
मुलढोकामा
पोष्टर टासेर पनि हेरौ
अन्तरास्ट्रिय सन्धिमा हस्ताक्षर
अदुवा र सतर्कताकेन्द्रको स्थापना
बनाएउ विशेष अदालत र मुद्धा दर्ताको प्रबन्ध
अझै भ्रष्टाचार रोकिएको छैन ,
सबै तिर काण्डै काण्डको चर्चा छ
सकिए कै छैन शंका र उपशंका
न छानबिन हुन्छ न आशा पलाउछ नागरिकमा
अझै भ्रष्ट प्रबृत्ति सकिएको छैन देशमा ।
हाम्रो लडाइँ …
अशिक्षा विरुद्ध थियो
गाउमा बिधालय ,सहरमा विश्वविद्यालय
टोल बस्तीमा प्राैढ कक्षा, सिकाइ केन्द्र सुरु गरिएको थियो
सामुदायिक सिकाइ केन्द्र बनाइए
त्यसैले, साक्षर गाउँ, टोल, वडा, पालिका ,जिल्ला हुँदै
प्रदेश, मुलुक नै तामझामका साथ घोषणा गरिएको छ
यति हुदा पनि, अझै निरक्षरता उनमुलन भएकै छैन गाउमा
हाम्रो लडाइँ …
बेरोजगारी विरुद्ध थियो
दिगो विकास लक्ष्यमै लेखियो गरिबी
जनगणनामा निस्कियो गरिबिको तथ्यांक
जिम्मेवार हुँदै सरकारहरु
मुख्यमन्त्री रोजगार कार्यक्रम
प्रधानमन्त्री रोजगार कार्यक्रम
आएको छ गाउँमा
रोजगार मेला चलेकै छन ठुला सहरको तारे होटलमा
रोजगार सेवा केन्द्र खुलेकै छन गाउको सिहदरबारमा
सीप बिकास सम्बन्धी तालिम चलेकै छन
स्वारोजगारको नारा चर्को गरि लागेको छ
त्यही भएर बेरोजगार युवा खाडी, मलेसिया भासिएकै छन
हाम्रो लडाइँ …
विभेद विरुद्धको थियो
सबै खाले विभेदहरु
ती जातिय, लैङ्गिक, क्षेत्रीय,
भाषिक, धार्मिक, सांस्कृतिक
हुन कि ! भौगोलिक विभेद
निमिट्यान्न भएनन ,
सिमारेखाहरु अझै स्पष्ट देखिन्छन विभेदका !
नमराज बिक, साेतीको भेरीमा बगाइन्छन
सेते कमिको सिंहलिला समाप्त पारिन्छ
उस्तै छन् जातिय विभेदका पहाडहरु
मधेशी, पहाडेको पहिचानको मुद्धा
अझै कायम छ
हाम्रो लडाइँ …
हिंसा विरुद्ध थियो
घरेलु हिंसाले अझै जमाएको छ आदिपत्य
छोडेको छैन पिरोल्न गाउमा
पार्वतीहरु शिवबाट अझै पिडित हुदैँछन
राधाहरु तीजकै दिन कृष्णबाट लुटिन्छन
लक्ष्मीहरु बिष्णुबाटै कुटिएर रगताम्य भएका छन
औंशीको रातमा दुधे बालक काखिमा च्यापेर
देवीहरुले जङ्गलमा एक्लै रात बिताएका छन
संविधानमा लेखिएको छ समानताको हक
पालिकामा बनाएको छ जेसी पोलिसी
जिल्ला सदरमुकाममा छ ओसिएमसी
अदालतमा छन वैतनिक वकिलहरु
गाउमा हिंसा अझै रोकिएको / सकिएको छैन
हाम्रो लडाइँ …
वेथिति विरुद्ध थियो
परम्पराहरु सबै भत्किएका छन
असल कामका कुरा भन्दैन अचेल एफ एम रेडियो
थिति भत्किएको छ भन्छन
काँइला बा !
सबै तिर बेथिती मौलाएको छ
बजारसगै समाजमा पनि
थिती बसाल्न कानुन बनाउछ नेपाल सरकार
नीति, नियम बनाउछ प्रदेश सरकार
गाउँले बनाउछ ऐन, नियम, कार्यबिधी र निर्देशिका
कानुनको चाङ माथी बसेर पनि बेथिती रोकिएको छैन
हाम्रो लडाइँ …
कालाबजारिया विरुद्ध थियो
गाउँको पसलमा म्याद सकिएका सामान
खुलमखुल्ला बिक्रीमा छन
कृतिम अभाब सृजना भैरहन्छ, समय समयमा
मिसावट छ सबै तिर, जताततै मालबस्तुमा
उपभोक्ताहितको लागि कानुन बनेको छ,
उपभोक्ता हित संरक्षण मन्च पनि छ हामी संग
बजार अनुगमन हुन्छ नाटकिय पारामा
मूल्यसुची हेरिन्छ बेलाबेला
नापतौल गुणस्तर बिभाग छ
त्यसैले गरिन्छ बजारमा अनुगमन बारम्बार
कालोबजारी अन्तरगत मुद्धा चलाउने कानुन छ
ब्यापारीलाइ कुनै चिन्ता छैन,
मुखियाले सबै मिलाउछन अफिसमा
गाउँ सहर सबै तिर जारी छ कालाबजारी !
हाम्रो लडाइँ …
घुसखोर विरुद्ध थियो
सार्बजनिक सेवा र बस्तु प्रवाह गर्न
तीन तहको सरकारले खोलेको छन
आ-आफ्नै कार्यलय नामका पसलहरु
पहिला पहिला सजिलै हुने काम
अचेल हुदैनन्
किन कि कार्यक्षेत्रमै विवाद छ सरकारको
यताबाट उता गइ रहन्छन फाइलहरु
कोही कलम चोप्दैनन टिप्पणीहरुमा
सबैको एउटै चिन्ता नोकरी जोगाउने मात्र
सजिलै पाइदैन सेवा र बस्तु कार्यलयमा
घुस खाइदैन कतै खुलम खुल्ला
प्रकृया मिलाएर उठाइन्छ प्रतिशत
तल देखिमाथी सम्म सेटिङमा छ देश…
हाम्रो लडाइँ …
अतिवाद विरुद्ध थियो
त्यसैले संविधानको प्रस्तावना लेखियो
नेपाली नागरिक सार्वभौम सत्ता सम्पन्न हुन
कोहिले कोही लाई गन्दैनन
धर्म निरपेक्ष भएको छ देश
धार्मिक सहिष्णुता हराएको छ
अतिवाद सकिनु पर्नेमा
नयाँ पालुवाको साथ पलाएको छ
हाम्रो लडाइँ …
असहिष्णुता विरुद्ध थियो
अस्तित्वको लडाइँ सबैतिर छ
अस्तित्वको खोजिमा हराए डाइनोसरहरु
कौरवको पतन यही कारण भयो
राणा हुँदै फालियो ढाइ दशकको राजतन्त्र
असहिष्णु व्यवहार अझै कायम छ
गाउँ, प्रदेश र संघको सिंहदरबारमा
आसीनहरु अझै असहिष्णु देखिन्छन
हाम्रो लडाइँ …
असमानता विरुद्ध थियो
समानताको हक छ सबै नागरिकको लागि
व्यवहार पो पाइदैन समान किसिमको
जातको, भातको, संस्कार, संस्कृतिको
छोरा छोरी, नजिक टाढा, नातागोताको नाममा
गाउँ – सहर, धनि -गरिब , उचो निचोको भावमा
असमानता अझै जिबित छ मेरो गाउँमा
हाम्रो लडाइँ …
परनिर्भरता विरुद्ध थियो
उत्तम खेती, मध्याम व्यापार, अधम नोकरी
को भावना थियो हिजो गाउँमा
र त कहीकतै बाझो थिएनन गडाहरु
हलगोरु, भैंसी ,गाई र बाख्राका बथान थिए
हरेकआगनमा मौरीको फाग, कुखुराको लस्कर
घ्यु, महको कन्टर, गौं, जौं, धान , कोदो, मकै
सिमी, फापर लगायत धर्म भकारी थियो
खाना नाना छानाको कुनै समस्या थिएन
संयुक्त परिवार थियो गाउँमा
ऐचो पैचो चल्थ्यो छिमेकिमा
भोकमरी थिएन र कसैसँग माग्नु पर्दैन थियो उ बेला!
छोरो बिदेश छ, बुहारी नाती पढाउन सहर झरेकी छे
गाउमा जमिन बाझो छ खेती कतै छैन
भएकोमा बँदेल र बादरको अधिनायकत्व छ
भोक मेटाउन जापान बाट आउँछ अनुदानको चामल
भारत बाट बिषादी संगैको तरकारी र
अरब बाट प्याकिङ मा आउँछ थरिथरिको सिकार
हरेक बर्ष तिनै तहको सरकारले ल्याउछ
आत्मनिर्भर हुने नीति, कार्यक्रम र बजेट
झनझन परनिर्भर हुदैछ मेरो समाज
हाम्रो लडाइँ …
लम्पसारवाद विरुद्ध थियो
वीर गोर्खालीका सन्तान हामी
इतिहास गौरवशाली थियौ
कहि झुकेनौ कहि चुकेनौ विश्व सामु
आज अर्कैको इशारामा नाचिरहन्छौ
कमजोर छ राष्ट्रियता, त्यसैले सेमिष्टार झै
सरकार बनाउछौ गिराउछौ र
भन्छौ हामी स्वतन्त्र छौ!
हाम्रो लडाइँ …
लुटतन्त्र विरुद्ध थियो
स्वतन्त्रता, समृद्धी, सामाजिक न्यायका लागि
सहिद हुनेको सूची गृह मन्त्रालयमा लामो छ
बेलाबेला प्रकाशित राजपत्रमा थपिएको नामावलिले
सहिदको परिभाषा नै बदलिएको छ यतिखेर
संशोधन हुन्छन नियमावली , फेरिन्छन कानुनहरु
घरानाको इसारामा सिसिटिभिको तार काट्छन
सहरका मुसाहरु र तताउछन सन्चारको बजार
पशुपती शर्माको गितले बजार र नागरिकको मन र मानसिकतामा गहिरो डोब छोड्न सफल भएको छ
लुट्न सके लुट कान्छा ……
हाम्रो लडाइँ …
जातीय अहंकार विरुद्ध थियो
त्यसैले वंश परम्परागत शासन सकियो
जात भात साकियो
खुल्ला बिश्वबजार खुला अर्थतन्त्र खुला साेच बिचार
जातीय विभेद मानबता बिरुद्धको अपराध घोषणा भयो
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग बने
लक्ष्मी प्रसाद देबकोटाले मुनामदनमा लेखे
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन….
जनवादी सस्कृती सुरु भयो सबै तिर
युद्धमा होमिय मुक्तिको लागि
जातीय विभेदमा परेको समुदाय
र क्रान्ति सफल भयो
समाज परिवर्तन भयो भनेको त
गाउमा अझै विभेद कायमै देखियो !
हाम्रो लडाइँ…
अति दलीयकरण विरुद्ध थियो
बहुदल पछि भाइभाइको बोलचाल बन्द भयो
त्यरो पाटी मेरो पार्टी भनेर
मलामी, बिहे बरेत, आफन्तको नभएर पाटिको हुनथाल्यो
अति भए पछि जान्ने लाइ छान्ने नारा आयो सहरमा
असल मान्छे लाई भोट हाल्न थालियो
सहरमा आयो नया अभियान
सहमति मा सत्ताचलाउने , सबै दलमिलेर
जनताकाे जीवनस्तर उठाउन
उत्पादन र उत्पादकत्व बढाउने
रोग ,भोग र गरिबी बिरुद्ध सबै मिलेर
अन्तिम लडाइ लडौ
आउ संगै जागौ संगै लागौ
अब अन्तिम लडाइँ लड्न नपर्ने गरि
यो असारमा सबै तिर समानताको
नया बिरुवा रोपौं
समुन्नत, विभेद रहित समाज बनाउने गरी !
कवि, घनश्याम भण्डारी कर्णाली प्रदेश सभा सदस्य हुन्।