काठमाडौँ। नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत भेटिएका छन् । बुधबार बिहान उनी संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका प्रहरी जवान अजित गोलेले आफैंले गोली हानी आत्महत्या गरेका हुन् ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डीआईजी) दानबहादुर कार्कीका अनुसार संसद् भवनको दुई नम्बर गेटको नजिकै रहेको शौचालयमा प्रहरी जवान गोले मृत अवस्थामा भेटिएका हुन् ।
गोलेले आफैंले गोली हानी आत्महत्या गरेको ‘घटनाक्रम’ले देखाएको पनि डीआईजी कार्कीले बताए । गोलेको निधारमा गोली लागेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।