सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि ३१ अर्ब ४१ कराेड ४१ हजारकाे बजेट ल्याएकाे छ।
आर्थिक मामिला तथा याेजना मन्त्री महेन्द्र केसीले सभामा आज प्रस्तुत गरेकाे बजेट तथा कार्यक्रममा चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ ।
सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोंच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताए ।