सुर्खेत । कारकाे ठक्करबाट एक पैदल यात्रुकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१२ का ७२ वर्षिय लाेक बहादुर शाही रहेका छन्।
प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उनलाई ठक्कर दिएको थियो ।
शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको छ।
मृतकका आफन्तले कारकाे यथाशिघ्र खाेजी गरिदिन माग गर्दै राजमार्ग अवरूद्ध गरेका छन्। उनिहरूले तिनकुने चाेकमा टायर बालेर प्रदर्शन गरेका छन्।