सुर्खेत । दैलेखकाे भुकाँहदेखि वीरेन्द्रनगर आउँदै गरेकाे मिनी बस दुर्घटनाका मृतक एक जनाकाे परिचय खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रबीर विश्वकर्माका अनुसार बर्दियाकाे ठाकुरबाबा नगरपालिकास्थित न्याउलापुर ठेगाना भएका अन्दाजी ६५ वर्षिया शेरबहादुर खड्काकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिकाे अझै परिचय खुलेकाे छैन। अनुहारकाे भागमा चाेट भएकाेले पहिचान हुन कठिन भएकाे प्रवक्ता विश्वकर्माले बताए।
साथै, दुर्घटनामा कम्तिमा १९ जना घाइते छन्। बसमा कति सवार थिए र घाइते कति भए भन्नेबारे एकिन भइनसकेकाे उनकाे भनाइ छ ।
वीरेन्द्रनगरको कटकुवा जंगल नजिक गाेर्जेनीमा कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको थियाे ।