सुर्खेत । खेलकुद मैदान निमार्णमा अनियमितता भएको पाईएको छ । डोल्पाको ठुलीभेरी नगरपालिका वडा नम्बर ३ मा निमार्ण गरिएको खेलकुद मैदान निर्माणमा भ्रष्टाचार भएको अख्तियारको दावि छ ।
खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकार बाट विनियोजित रकम अनियमितता गरेको भन्ने निवेदन उजुरी माथि अनुसन्धान गर्दा अनियमितता भएको अख्तियारले ठहर गरेको छ । मंगलबार (आज) अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालयले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
सामाजिक विकास कार्यालय डोल्पाबाट विनियोजित रकमले डिपिआर सम्पन्न भएको जिल्ला स्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति मार्फत निर्माण गरिएको थियो ।
खेलकुद मैदान निर्माणको कार्य आदेश, लागत अनुमान र सम्झौतामा उल्लेखित काम भन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र बिल भरपाई तयार गरी नौ लाख त्रियानब्बे हजार नौ सय चालीस रुपैयाँ असी पैसा बढी भुक्तानि दिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
भ्रष्ट्र«ाचार गरेको आरोपमा सामाजिक बिकास कार्यालयका तत्कालिन कार्यालय प्रमुख धनजय आचार्य, सोही कार्यालयका सव इन्जिनियर मोतिप्रसाद बुढा निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाही लाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा (१ं) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र विगो बमोजिम जरिवाना असुल उपर हुन आज बिशेष अदालतमा माग दाबी गदैँ मुद्धा दर्ता गरेको छ ।