सुर्खेत । वीरेन्द्रनगरको एक सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । वीरेन्द्रनगर–१४,काे सिर्जनशिल सामुदायिक जङ्गलमा आइतबार मानव कंकाल फेला परेको हाे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका स्थानीयहरुले मानव शरिरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।
मानव कंकाल हेर्दा करिब ५ महिना पुरानो रहेको प्रहरीकाे अनुमान छ। उक्त मानव कंकाल कसको हो भन्ने पहिचान नखेलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनकाअनुसार घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ ।