काठमाडौं । नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।
२०७९ को फागुन महिनामा एक अर्ब ९२ करोड रूपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो।
त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनाका अवधिमा २९ अर्ब १३ करोड रूपैयाँको लगानी प्रतिवद्धता आएको छ । गत आर्थिक वर्षको आठ महिनामा २० अर्ब ५६ करोड रूपैयाँ बराबरको प्रतिवद्धता आएको छ ।