दैलेख । नेपाल शिक्षक संघ दैलेखको २५ औं प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम दैलेख बजारमा सभा आयोजना गरिएको थियो ।
सभाले जिल्ला सचिव पुर्ण प्रकाश भट्टराईद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, अर्थ सचिव रुपेस चन्दद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष लक्ष्मी थापाद्वारा प्रस्तुत महिला भिभागको प्रतिवेदन पारित गरेको छ ।
सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले संसदमा विचारधिन शिक्षा विधयेककमा शिक्षकका मागलाई समेट्न आफू लागिपर्ने बताईन् । उनले शिक्षकको हक हितका लागि सधैं अग्रसर हुने प्रतिवद्धता जनाईन् ।
सभामा कर्णाली प्रदेश सभा सदस्यद्वय घनश्याम भण्डारी र पुर्ण बहादुर खत्री, नेपाल शिक्षक संघ कर्णाली प्रदेशका अध्यक्ष मानबहादुर रोकाय, नेपाली कांग्रेस जिल्ला सभापति मणिराम रेग्मी, दैलेख जिल्लाका विभिन्न स्थानिय तहमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमुख ११ वटा स्थानिय तहका नेपाल शिक्षक संघका प्रतिनिधि सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रेशम बहादुर नेपालीको अध्यक्षता रहेको थियो ।