काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ-१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।
इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।
स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।
आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।