सुर्खेत। विपद्ले हरेक वर्ष पेलिरहेको कर्णालीमा गत कार्तिक १७ गते ६.४ म्याग्निट्यूडको भूकम्प गयो। जाजरकोटको बारेकोट गाउँपालिका–१ को रामिडाँडा केन्द्रविन्दू बनाएर गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो। भूकम्पले जाजरकोट र रुकुमपश्चिममा पालिकाहरूमा ठूलो जनधनको क्षति भयो। ३ सय ७२ जना भूकम्पनमा परी घाइते भए।
यो वर्षको कुडा कर्णालीको पहिलो दिन कर्णालीकै भइरहेको विपद्को विषयमा छलफल भयाे। प्रकोप र पुननिर्माणका विषयका भएको छलफलको पहिलो सत्रमा इपिसेन्टरको विषयमा बहस भयो ।
बहसमा बोल्दै जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सुतिरहेको अवस्थामा भूकम्प पछि बाहिर निस्किदा बारेकोटको चारैतिर उज्यालो देखिएको बताए। सबै मान्छेहरु घरबाहिर निस्कीएर एकले अर्कालाई खोजिरहेका थिए। उनले भने, ‘रातीको १२ बजे वडा अध्यक्ष र म पनि मोटरसाईकलमा गाउँतिर दौडियौं। छिमेकी पालिकाहरुमा मानविय क्षति भएको थाहा पाएपछि सबै त्रसित भयौं। अनि उद्धारको कार्य सुरु गरेपछि राहतको काममा लागेका थियौं। ’
भूकम्प पछि अब जुनसुकै प्रयोजनका लागि निमार्ण गरिएका संरचना निमार्ण गर्दा पनि भूकम्प प्रतिरोधिमा जानुपर्ने पाठ जाजरकोटको भूकम्पले सिकाएको उनले बताए। यो संगै भौगोलिक बनावटका कारण भूकम्पले क्षति भएको छ। उनले भने, ‘अब सुरक्षीत नेपाल निमार्णको अभियानमा सरकार अघि बढ्नुपर्ने देखिन्छ। बारेकोटमा वस्ती तल छन्। माथीको जमिन सबै भासिएको छ। नागरिकहरु असुरक्षीत अवस्थामा बसिरहेका छन्।’
सत्रका अर्का वत्ता रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले कर्णालीले रोग, भोक भोगिरहेकै बेला भूकम्पले शोक थपेको बताए। पालिकाहरुमा पुर्ननिमाणको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले पहिलो किस्ता पाएका नागरिकले दोस्रो किस्ता छिटो पाउनुपर्ने बताए। यो भन्दा बढी आवश्यक घर बनाउको लागि कार्यविधिको खाँचो रहेको उनले बताए। उनले भने, ‘हामीलाई प्रदेश र केन्द्र सरकारले तत्काल पूर्ननिमार्णको लागि कार्यविधी दिन आवश्यक छ । आमी कार्यविधी र दोस्रो चरणको अनुदानको पर्खाइमा छौं।’
अब अग्लो घर होइन सुरक्षित घर कसरी बनाउन सकिन्छ भनेर सरकारले निति बनाउन जरुरी रहेको उनको भनाइ छ। यसको लागि कानुनी प्रावधान बनाउन जरुरी रहेको बताउदै उनले सुरक्षीत घरको लागि राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताए।
इपिसेन्टरकै वत्ताको रुपमा रहेकि नेपाल रेकक्रस सोसाइटी रुकुम पश्चिमकी सभापति रमा गौतमले भूकम्पमा सबैभन्दा पहिला त्रिपालको माग नागरिकले गरेका बताइन्। त्यसपछि बल्ल खाद्यान लगाएतका सामाग्रीहरु जनताले मागेका बताइन्।