कर्णाली। राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ दलका उम्मेदवार विजय भएका छन् । विहीबार भएको निर्वाचनमा उनिहरुले नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रका विष्णु विक र नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल विजयी भएका हुन् ।
रोकायाले तीन हजार ८७० मतभार प्राप्त गरेका छन् । उनले ३० प्रदेश सभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरे ।
रोकायाका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २१४ मतभार लिए । उनले १० प्रदेश सभा सदस्य बराबर ५३० मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित भए ।
विकले तीन हजार ८१७ मतभार प्राप्त गरेका छन् । उनले ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरे ।
विकका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार लिए । उनले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित भए ।
मल्लले तीन हजार ७२२ मतभर प्राप्त गरेकी छन्। उनले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मातभर र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गरिन्।
प्रतिस्पर्धी नेकपा एमालेकी विमला शाहीले एक हजार ३६२ मतभार प्राप्त गरिन्। उनले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मातभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित भइन्।
निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको थियो । यसरी गणना हुँदा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको छ ।
विहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ बजे सकिएको थियो । दिउँसो ३ बजेदेखि मतगणना सुरु भएको थियो ।
प्रदेश सभातर्फ घनश्याम भण्डारीद्वारा पहिलो र सभामुख नन्दा गुरुङद्वारा अन्तिम मत खसेको थियो भने स्थानीय तहतर्फ सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनले पहिलो र जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले अन्तिम मतदान गरेका थिए।