काठमाडौं, नेपाल-भारत सिमाना दशगजा क्षेत्रमा ३८ स्थानका ५५६ घर टहरा हटाइएको छ।
सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी बनाइएका घर टहरा बनाइएपछि सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले हटाएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार दुई तीन वर्ष अघिदेखि नै दशगजा खाली गराउन थालिएको हो।
अहिलेसम्म १७ किलोमिटर खाली भएको छ। मानिसहरूले बीच-बीचमा घर टहरा हरू बनाएर बसेका छन्। केही स्थानमा हटाउन समेत समस्या रहेको एसएसपी खड्काले बताए ।
अहिले त्यस क्षेत्रमा बन्दै गरेका भौतिक संरचनासमेत नबनाउन भनिएको छ। त्यस्तै दशगजामै पर्ने १३ बिघा जमिनमा खेतीपातिमा रोक लगाइएको एसएसपी खड्काले जानकारी दिए।
घर टहरा भत्काइएकाहरूलाई स्थानीय प्रशासन र स्थानीय सरकारले वैकल्पिक व्यवस्थापन गर्ने उनले बताए।