सुर्खेत । प्रतिनिधि सभा सदस्य हृदयराम थानीले कर्णाली प्रदेशलाई आकर्षक, सम्पन्न बनाउने हो भने त्यसका लागि सुरुमा सुर्खेत विमानस्थललाई विस्तार गर्नुपर्ने बताएका छन्। मंगलबार वीरेन्द्रनगर नगरपालिका द्वारा आयोजित सुर्खेत विमानस्थल विस्तारका लागि सर्वपक्षीय बैठकमा बोल्दै सासंद थानीले सो प्रतिक्रिया दिएका हुन्।
उनले सपथ प्रति जवाफदेही भएको बताए। सबै कुरा बिर्सिएर काम नगरी बस्न नसकिने उनको भनाइ छ।
पाएका कागजहरु सार्वजनिक गरिएको बाहेक अरु भ्रमित गर्ने काम नगरेको बताए।
नगरपालिकाले रोकेको भन्ने कुरालाई टार्गेट गरिएको बताए। कसैले हात हल्लाएर क्लज र ओपनको कुरा गर्न नपाइने उनको भनाई थियो।
विमानस्थलको धावनमार्ग तीन सय मिटर विस्तारका लागि १२० कठ्ठा जग्गा अधिग्रहण हुन आवश्यक रहेको बताए।
अरु विमानस्थल बनाउने कुरामा पनि सहमत हुन तयार रहेको बताए तर, त्यसपूर्व यो विमानस्थल बनाउनपर्ने प्रतिक्रिया दिए।