सुर्खेत। कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले सुर्खेत विमानस्थल विस्तारका विषयमा मन्द विविधता भएपनि सबैमा एकरूपता देखिएको बताएका छन्। मंगलबार वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित विमानस्थल विस्तारका लागि भएको सर्वपक्षीय बैठकका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘जनतालाई अन्यायमा राखेर विकास गर्न सकिन्न । तर, कहीं न कहीं प्रभावित हुन्छ नै।’ उनले भने।
पीडितहरु संगठित भएर आउन सक्छन्। विमानस्थल विस्तारका लागि एक स्वरले माग राख्नु पर्ने बताए।
यो छलफलले विमानस्थल बनाउने भन्दा पनि अहिले सरोकारवाला निकायलाई माग राख्ने प्रक्रियाको सुरुवात गरिएको बताए। जनमत एक ठाउँमा बनाउन मात्रै खोजिएको जनाए।
नयाँ विमानस्थल बनाउने नाममा भएको इआइए प्रतिवेदनमा लेखिएको कुराले आशंका उब्जाएको बताए। त्यसका लागि पनि यी बैठकहरु आवश्यक भएको जनाए।
जनतालाई अन्याय हुन नदिइने उनले बताए। त्यहाँका जनताको समस्या बारे जनप्रतिनिधिहरु विमुख नभएको प्रतिक्रिया दिए।
भइरहेकै संरचनाबाट जनतालाई थप व्यवस्थित गरी सेवा दिनुपर्ने बताए।
‘यो (सुर्खेत विमानस्थल) सुर्खेती जनताले रोजेको विषय हो। अरु कसैले सोचेर आएको योजना होइन’ उनले भने ।
नेपाली कांग्रेस संसदीय दलका नेता एबम् तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले ‘फाइल क्लोज’ गरेको आरोपमा लगाए। त्यसकारण अहिले संघीय सरकारमा विमानस्थल विस्तारको औचित्य पुष्टि गर्न कठिन हुने बताए। त्यसका लागि जनमत एक ठाउँमा हुन आवश्यक रहेको धारणा व्यक्त गरे।
सामाजिक विकास मन्त्रालयले दुरुपयोग गर्दै सरुवा रोग अस्पताल भेरीगंगा बनाइएको अर्को आरोप लगाए।
विकास एक्लैले गर्न नसकिने भएकोले समयक्रममा अब क्रमशः पार्टी जहाँसुकै भएपनि एकता हुनुपर्ने बताए। व्यक्तिगत प्रचारबाजी लाग्न नहुने उनको बुझाइ छ।