सुर्खेत। सुर्खेत विमानस्थल विस्तारका लागि सर्वपक्षीय छलफलका बैठक बसेको छ। वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सभाहलमा अहिले १:४० बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा प्रतिनिधि सभा सदस्य हृदयराम थानी, प्रदेश सभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, पूर्व नगरप्रमुखहरु, राजनीतिक दलका पार्टी प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, नागरिक समाज लगायतको उपस्थिति रहेको छ।