सुर्खेत। मुगुमा भएको चार जनाको सामुहिक हत्या प्रकरणमा अनुसन्धान गर्ने १३ प्रहरी कर्मचारीले प्रशंसा पत्रसहित सम्मान गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी सहित १३ जना प्रहरी कर्मचारीलाई बुधबार प्रशंसा पत्र प्रदान गरिएको हो ।
गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । उनिहरुको सामुहिक हत्या गर्ने प्रतिवादी गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाण सहित पक्राउ गरिएको थियो ।
प्रशंसा पत्र पाउनेमा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी, प्रहरी निरीक्षक सापकोटा सहित कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा, सुर्यभक्त श्रेष्ठ, सराेज कार्की, प्रहरी नायव निरीक्षक डिल्लीराज आचार्य, प्रहरी सहायक निरीक्षक प्रेम प्रसाद शर्मा, प्रहरी वरिष्ठ हवल्दार शिवराज शर्मा र प्रहरी सहायक हवल्दार सरोज जैसवाल रहेका छन् । साथै, प्रहरी हवल्दार बलबहादुर बुढा, अाेम बहादुर थापा, प्रहरी जवान सन्देश बुढा र हिमाल शाही रहेका छन्।
उनिहरुलाई प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक भिमप्रसाद ढकालले सम्मान सहित प्रशंसा पत्र प्रदान गरेका हुन् ।