सुर्खेत । चट्ङका कारण दैलेखको महाबु गाउँपालिका क्षतिग्रस्त बन्ने गरेको छ । पछिल्लो पाँच दिनमै दुई जनाको मृत्यु भयो भने २५ जना घाइते भएका छन् ।
गत बिहिबार महाबु –१ खरिगैराका ४२ वर्षिया भूमिसरा खत्रीको मृत्यु भयो भने सोमबार महाबु–३ बाँसीका १६ वर्षिया किशोर दाहालको मृत्यु भएको हो ।
तीजको मेलाबाट घर फर्किने क्रममा पानी परेपछि मन्दिरमा ओत लागेका दाहाललाई चट्याङ लागेको थियो ।
किशोरको साथमै रहेका ५६ वर्षिया लालबहादुर विष्ट सहित आठ जना घाइते भएका थिए । उनको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । उनको बायाँ खुट्टामा चोट पुगेको छ । अचेत बनेका विष्टको बाँसीदेखि दैलेख जिल्ला अस्पताल ल्याईपु¥याउदा समेत होस नखुलेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । ‘शरिरमा करेन्ट लागेजस्तो भयो । त्यसपछि के भयो थाहा पाइनँ ।’ विष्टले भने, ‘मेरो बायाँतिर सँगै टाँसिएर बसेका थिए किशोर । होस खुलेपछि मृत्यु भएको खबर पाएँ ।’
विष्टसँगै घाइते भएका अन्य सात जना जिल्ला अस्पताल दैलेखको उपचार पछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहिबार दैलेख जिल्लाका चार स्थानमा चट्याङ परेको थियो । महाबु–१ खरिगैरा, ओखलढुङ्गा, डुङ्गेश्वर गाउँपालिका–६ लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङले क्षती पु¥याएको थियो । त्यसक्रममा १९ जना घाइते भएका थिए । उनिहरुको उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् ।
के हो चट्याङ ?
बिजुली चम्किादा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरङ्ग पृथ्वीमा प्रवाह हुन्छ त्यसैलाई चट्याङ परेको भनिन्छ । चट्याङ वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ ।
जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरु बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावासाग ठोकिन्छ त्यसपछि बिजुली चम्किने गर्छ ।
बिजुली चम्किादा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुँदै जमिनको सतहमा आउँछ । त्यस्तै, बिजुली चम्किादा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ ।
चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुन सक्छ ।
यो कति खतरनाक छ ?
चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ ।
चट्याङ तीस हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ जसको अर्थ यो सूर्यको सतहभन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलन सक्छ ।
चट्याङ पर्नुअघि के गर्ने ?
टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणहरुलाई बन्द गरेर तार निकाल्नुपर्छ । किनभने चट्याङ पर्दा पावर तलमाथि भएर तपाईको सामान बिग्रन सक्छ ।
सकेसम्म चााडो ओत खोज्नुहोस् । जब तपाईले गड्याङगुडुङको आवाज सुन्नुहुन्छ तपाई ओत लागि हाल्नुपर्छ ।
चट्याङले जहाँ पनि मार हान्न सक्छ र तपाई त्यस्तो ठाउाको आसपासमा पनि हुन सक्नुहुन्छ । त्यसैले चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म मार हान्न सक्छ ।
चट्याङ्बाट कसरी जोगिने?
चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरूको मान्यता छ । तर यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ ।
१. तपाई घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन प्रयोग नगर्नुहोस् किनभने ल्याण्डलाइनमा विद्युत प्रवाह भएको हुन सक्छ ।
२. त्यसैगरी तपाईले धातुको पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् किनभने यसमा पनि विद्युत प्रवाह हुन सक्छ ।
३. यदि बाहिर कुनै ओतविना हुनुहुन्छ तपाई धातुको सामानबाट टाढै रहनुहोस् र विद्युतीय सामानहरु आफूबाट करिब २० मिटर टाढा राख्नुहोस् ।
४. पानीबाट टाढा बस्नुहोस् किनभने पानीले पनि विद्युत प्रवाह गर्छ ।
५.रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको भुइामा बस्ने मिल्ने खुल्ला ठाउामा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ ।
६. सम्भव भए कारभित्र बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलन्छ र टायरको माध्यमबाट अर्थिङ हुन्छ ।
७. यदि तपाई चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइातर्फ फर्केर घोप्टिनुहोस् । हातलाई घुाडाहरु राखेर टाउको त्यसको बिचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइामै सुत्न हुँदैन ।
८. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः छाता, मोटरसाइकल, साइकल तारबार आदि ।
९. यदि तपाईको कपाल उठेको अनुभव भयो भने फेरि तत्कालै पहिलेकै पोजिसनमा बस्नुहोस् ।
१०. चट्याङ पछि पनि बन्द भएका विद्युत लाइन र चुँडेका तारहरुबाट टाढा हुनुहोस् ।