सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका–२ काँरागिठीमा जलेको अवस्थामा आमा छोरीको शव भेटिएको छ । एक तल कच्ची घरमा बस्दै आएका २८ वर्षीय रेवती थापा र उनकी छोरी रितुको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानीयले ग्याँस चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरेपनि जलेकै अवस्थामा भेटिएपछि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।