सुर्खेत । कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ । सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बिहिबार बसेको संभाको बैठकमा विधेयक टेबुल गरेका हुन् ।
प्रदेश मन्त्रिपरिषदले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने संविधानको धारा २८५ मा उल्लेख छ । सोही व्यवस्था बमोजिम प्रदेशको निजामति सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले सभालाई जानकारी गराए ।
‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामाकरण गरिएको छ ।