दैलेख। नेपाल परिवार नियाेजन संघ दैलेख शाखाकाे अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य पूर्णबहादुर खत्री चयन भएका छन्। “सबैको लागि प्रजनन स्वास्थ्य र अधिकार ” भन्ने नाराका साथ शनिबार आयाेजित शाखाकाे २४ औं सभा तथा अधिवेशनबाट खत्रीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।
कार्यसमितिकाे कोषाध्यक्षमा विनोदकुमार मल्ल, महिला सदस्य दुर्गा श्रेष्ठ र पुन्यप्रभा दसौंदी, युवा सदस्यमा लोकेश गिरी, उषाकुमारी केसी, गोमा थापा, विज्ञ सदस्यमा रमा श्रेष्ठ, झप्पड मल्ल , डा. सुसिला कटुवाल, र युवराज तिमिलसेना चयन भएका छन् । नवगठित कार्यसमितिका पदाधिकारी एंवम् सदस्यहरू सर्वसहमतिले चयन भएका हुन् ।
सभामा नेपाल परिवार नियोजन संघ केन्द्रिय सदस्य एंवम् प्रतिनिधि सभा सदस्य सीता रानाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे। कार्यक्रमलाइ सम्बाेधन गर्दै रानाले संस्थालाइ समुन्नत बनाउनका लागि सबैकाे याेगदान अपरिहार्य रहेकाे बताइन्।
कार्क्रमका विशेषअतिथि शाखाका संस्थापक सभापति रबिन्द्रराज श्रेष्ठले परिवार नियोजन संघ सुरुमा स्थापना गर्दा कठिन भएको र हाल शाखाले राम्रा काम गरेकाेप्रति खुशी व्यक्त गरे ।
उनले नेपाल परिवार नियोजन संघ को केन्द्रीय सदस्यमा रहदा स्व. पूर्व प्रधानमन्त्री शुलिल कोईराला सहयोग रहेकाे स्मरण गराए ।