काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको मेयर बालेन शाहले जनाएका छन् ।
छावृत्तिका लागि लिइने परीक्षामा सहभागी हुन अनलाइन आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ । परीक्षा साउन २० गते हुनेछ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममाबाट सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ ।