काठमाडाैं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ परेको सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
पोखरेल समर्जिङ कम्पनिका तत्कालिन प्रमुख हुन्। महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताए।
यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना पक्राउ परेका थिए।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्।
सोमबार सीआईबीले काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।
सीआईबीले मंगलबार नै पक्राउ गरेका अन्य तीन जनालाई भने सोही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
पक्राउ परेका गुरुङसहित तीन जनाले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन्।