काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध युवराज सफलले दायर गरेको रिट खारेज गरेको छ। प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सफलको रिट खारेज हुने फैसला सुनाएको हो।
सफलले २०८० जेठ १० गते लामिछाने विरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए। लामिछानेलाई सासदकाे रुपमा काम गर्न राेक्नुपर्ने माग गर्दै सफलले संवैधानिक इजलासमा रिट दिएका थिए। उक्त रिटको औचित्य नभएको भन्दै संवैधानिक इजलासले खारेज गरिदिएको हो।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले उक्त आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशपछि लामिछानेले राहत पाएका छन्।