सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशको फेरिनुपर्ने तर्क प्रस्तुत गरेका छन् । सुर्खेतस्थित विमानस्थलमा पत्रकाहरुसँगको भेटमा चौधरीले सुदुरपश्चिम प्रदेशलाई थारुहट प्रदेश नामाकरण गरिनुपर्ने बताएका हुन् ।
‘देशको कुनै एक प्रदेशलाई नामाकरणमै सुदूर भन्न मिल्छ र ? नामाकंनमै विकट बनाउन पाईदैन ।’ चौधरीले भने, ‘त्यहाँको जातजाती, वर्ग समुदाय सबैलाई समेट्ने किसिमले पहिचान सहितको प्रदेश नामाकरण गरिनुपर्छ । त्यसका लागि हाम्रो पार्टीले अभियान बनाएर लाग्ने छ ।’
सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले नाम फेर्नुपर्ने माग राखेका थिए ।
साथै, उनले अब नागरिक उन्मुक्ति पार्टीलाई आम जनताको पार्टी बनाउने तर्फ लागिने बताए ।
टीकापुर घटनाका विषयमा कारागारमा रहेका चौधरी गत जेठ १५ गते जेलमुक्त भएका थिए । त्यसपश्चात उनि देश दौडाहको अभियानमा लागेका छन् । त्यस अन्र्तगत ३४ औं जिल्ला अभियानका रुपमा सुर्खेत आईपुगेको चौधरीले बताए । यस अभियानलाई आगामी २०८४ सालमा हुने निर्वाचन लक्षित गरिएको उनले जनाए ।
सुर्खेतमा नागरिक उन्मुक्ति पार्टी र थारु कल्याणकारिणी परिषद्ले चौधरीको नागरिक अभिनन्दन समारोह आयोजना गरेको छ ।