काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संघीय संसद्मा जवाफ दिँदै डा. महतले विद्युतीय सवारी साधन प्रवर्द्धनकै लागि नेपालमा सार्क मुलुककै भन्दा कम कर रहेको बताए।
‘सार्क मुलुकमा समेत विद्युतीय सवारीमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै छ। भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरीकी डलरसम्मलाई ६० प्रतिशत र त्यसभन्दा बढीको हकमा १०० प्रतिशत छ’, उनले भने, ‘पाकिस्तानमा ५० प्रतिशत,बंगलादेशमा सबै प्रकारको कर गरेर करिब ९० प्रतिशत र श्रीलंकमा ५० किलोवाटसम्मलाई १५ प्रतिशत भन्सार र प्रतिकिलोवाट १५ हजार अन्त:शुल्क लाग्ने व्यवस्था छ।’