काठमाडाैं । आगामी आर्थिक वर्षको बजेटमाथि बहस चलिरहँदा संसद्का आधा कुर्सी रित्तै देखिएका छन्।
गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि दफावार छलफल चलिरहँदा सांसदहरुको सहभागित न्यून देखिएको हो।
बजेटमाथिको छलफलमा आफूले भाग लिएपछि सांसदहरु बाहिरिने गरेकाले धेरै कुर्सी रित्ता देखिएका हुन्।