सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा शैक्षिक सुधारको योजना ल्याइएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममा कर्णालीलाई पूर्ण साक्षर प्रदेशको रुपमा घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउन ईलर्निङ, लाईबे्ररी जस्ता आवश्यक उपकरण स्थापना गरी ‘एक जिल्ला–एक नमूना विद्यालय’ बनाउने योजना ल्याइएको छ । तर, यस अघिल्ला वर्षहरुमा भने ‘एक स्थानीय तह एक नमूना विद्यालय’ घोषणा गरी सोही अनुसार पूर्वाधार निर्माण गरिएको थियो ।
वीरेन्द्रनगरमा डिजिटल शिक्षण केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ ।
स्वंयम्सेवक शिक्षक परिचालन गर्ने, ‘एक विद्यालय एक सामुदायिक नर्स’ कायृक्रम निरन्तरता दिइएको छ भने स्तरीय र ख्याती प्राप्त अध्ययन संस्थालाई पूर्वाधार निर्माणमा सहयोग गरिने बताइएको छ ।
शिक्षण सिकाई क्रियाकलपामा उत्कृष्ट योगदान पु¥याउने विद्यालय र शिक्षकलाई पुरुस्कार प्रदान गरिने र शैक्षिक सुधारका लागि आवश्यक कानून निर्माण गरिने घोषणा गरिएको छ ।
माध्यामिक शिक्षा परीक्षा व्यवस्थापन र सुधार गरिने जनाइएको छ ।
सिमान्तकृत, लोपोन्मुख, विपन्न परिवारका बालबालिकालाई सीपमूलक प्राविधिक शिक्षा अध्ययनका लागि विशेष छात्रवृत्ति दिइने ।
समायानुकल पाठ्यक्रम परिमार्जन गर्न नेपाल सरकार र स्थानीय तहसँग समन्वयन गर्ने र शैक्षिक योजना निर्माण र कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
लाइभ हेर्नुहाेस्ः