सुर्खेत । आर्थिक वर्ष २०८०/८१ का लागि अर्थ मन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा कर्णालीका लागि रैथाने बाली प्रवर्द्धन, सडक सञ्जाल स्वास्थ्य सेवा स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छन् । सोमबार संघीय संसदमा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रममा कर्णालीको रैथाने बाली प्रवद्र्धनमा केन्द्रीत गरिएको बताए ।
उनले कर्णाली प्रदेशमा पाइने कागुनो, कोदो, जौं, फापर र जुम्लाको मार्सी धान, सल्यानको अदुवा लगायतको रैथाने बालीको ब्राण्डिङ् गरी उत्पादन र बजारीकरणमा अनुदान वितरण गरिने घोषणा गरे । हिमाली जिल्लाहरुमा खाद्यन्न ढुवानीमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिनुका साथै प्रदेश स्तरीय आधुनिक खाद्य गोदाम घर निर्माण गरिने बताए ।
कर्णालीमा जडीबुटी प्रशोधन उद्योग संचालन गर्नेगरी योजना अगाडी बढाइने बताइएको छ ।
प्रस्तुत बजेटमा सुर्खेतमा सरुवा रोग अस्पतालको विस्तार र मेडिकल कलेज स्थापना गरिने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी दैलेखको राकममा एक सय शैय्याको सेटलाईट अस्पताल स्थापना गरिने घोषणा गरे ।
रत्नराजमार्गको कोहलपुर–सुर्खेत सडक खण्डको स्तरोन्नतीका लागि बजेट विनियोजन गरिएको छ । साथै, मध्यपहाडी राजर्माग अन्तरगत जाजरकोट खण्ड र मदन भण्डारी राजमार्ग अन्तरगतको सुर्खेत खण्ड निर्माण तथा स्तरोन्तीका लागि बजेट विनियोजन गरिएको छ भने कर्णाली कोरिडोरका लागि मात्रै ९७ करोड रुपिँया बजेट विनियोजन गरिएको छ । यस्तै हुम्ला सदरमुकामलाई आउँदो चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोडिने घोषणा गरिएको छ ।
सुर्खेत उपत्यकामा भेरी पम्पिङ आयोजना निर्माण कार्यलाई तिब्रता दिईने बताइएको छ । सुर्खेतको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट बिनियोजन गरेका छन् । आयोजनाको र पावर हाउस निर्माणका लागि यो बजेट बिनियोजना गरिएको हो । आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याइने जनाइएको छ ।
सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । हालसम्म कर्णालीमा विषादी परीक्षण प्रयोगशाला छैन ।
अर्थमन्त्री महतले दैलेख जिल्लामा पेट्रोलियम पदार्थको उत्खनन गरिने बताए ।
कर्णालीमा एकिकृत सिचाई आयोजना निर्माण र जोखिमयुक्त नदी संरक्षण तथा पहिरो व्यवस्थापनका लागि कार्यक्रम संचालन गरिने बताए । कर्णाली नदी सहितका देशभरका अन्य नदीहरुमा १ अर्ब ६५ करोड बजेट विनियोजन गरेका छन् ।
रुकुम र जुम्ला विमानस्थल स्तरोन्नती गरिने भएको छ । रुकुम पश्चिम र रुकुम पूर्वका पर्यटकीय स्थलहरुमा पदमार्ग निर्माण गरिने बताए । कर्णालीको छत्रेश्वरी, भगवती दैलेखको पञ्चकोशी लगायतका क्षेत्रको विकास र सौन्दर्यकरण गरी अन्य पर्यटन क्षेत्र विकासको लागि दुई अर्ब १३ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।
नीजि क्षेत्रकाे धारणा के छ ?
बजेटमा कर्णालीका योजना समेटिए पनि नयाँ योजनाहरु प्राथमिकतामा नपरेको नीजि क्षेत्रको धारणा छ । नेपाल उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले पुरानै योजनाको निरन्तरतमा केही राम्रा योजनाहरु आएपनि नयाँ योजनाले प्राथमिकता नपाएको बताए । सरुवा रोग अस्पताल निर्माण, लिफ्ट सिंचाई आयोजना लगायतका केही नयाँ योजना राम्रा भएको उनको भनाई छ ।
‘सुर्खेत विमानस्थल स्तरोन्नती, कर्णाली र चीनबीचको सिमानामा व्यापारिक नाका खुलाउने र त्यसका लागि पूर्वाधार निर्माण तथा सुरक्षालाई सम्बोधन गर्ने जस्ता योजना समेटिनुपथ्र्यो ।’ उनले भने, ‘कर्णालीको आर्थिक उन्नतीका लागि पर्यटन मार्गहरु जस्ता विषयले पनि प्राथमिकता पाउन नसकेको बुझियो ।’
साथै, उनले अहिले बजारमा देखिएको आर्थिक तरलताका कारण नीजि क्षेत्रमा आएको संकटले बजेटको आकार अनुसार लक्ष्य अनुरुप कार्यान्वयन हुने सम्भावना कम देखिएको बताए । ‘तरलता अभाव र उच्च व्याज घटाउन सरकारले ठोस कार्यक्रम ल्याउनुपथ्र्यो ।’ उनले भने, ‘मौद्रिक नीीतलाई समेत समेटर बजेट आएको भए हुन्थ्यो । त्यसो हुन सकेन ।’