सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा विश्वासको मत मागेको छन् । उनले दोस्रो पटक विश्वासका मत लिन थालेका हुन् ।
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीको सम्वृद्धि र विकासका लागि ध्यान दिने बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरि आवधिक योजना र पाश्वचित्र अध्यावधिक गर्ने बताए ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको निरन्तरताबाट रोजगारीको सिर्जना गरिने उनले बताए । सुरुवात गरेका कामहरुको निरन्तरता दिनका लागि आफुलाई विश्वासको मत दिन आग्रह गरे ।
गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । उतिबेला नेकपा एमाले र राप्रपा सहितको समर्थनमा २५ मत पाएका थिए ।