सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले ईच्छा विपरित कसैसँग होली नखेल्न सूचना जारी जरेको छ । आईतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै होली पर्वलाई संयमतापूर्वक मनाउन अनुरोध गरेका हुन् ।
होली मनाउने नाममा व्यक्ति इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृंखल एवम् अवाञ्छित कार्य नगर्न नगराउन पत्रमार्फत सूचीत गरिएको छ ।