सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । बिहिबार प्रदेश प्रमुख तिलक परियार समक्ष समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराइएको हो ।
राष्ट्रपतिको मनोनयन दर्ता पछि केन्द्रीय राजनीतिक समिकरण बदलिएसँगै कर्णालीमा पनि सरकारलाई दिइएको समर्थन फिर्ता लगिएको राप्रपा सांसद सन्तोषी शाहीले जानकारी दिईन् । राजनीतिक कोर्ष परिवर्तनबाट आएको अस्थिरताले जनअपेक्षा अनुसार काम गर्न नसकिने अवस्था देखेर समर्थन फिर्ता लिएको शाहीले बताईन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा राप्रपाबाट एक जना सदस्य छन् ।
मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई नेकपा एमाले र एकीकृत समाजवादी पार्टीको समर्थन कायमै छ । केन्द्रमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि कर्णाली प्रदेश सरकारमा भने कायम राखिएको बताइएको छ ।